• १ असोज २०८३, बिहीबार
  • १२ः३० दिउँसो

तीन वर्षपछि साउदीले कतारमाथि लगाएको नाकाबन्दी खोल्यो

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०६:३७

एजेन्सी- काठमाडौं साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । गल्फ को–अपरेशन जीसीसीको सम्मेलनपछि साउदी अरेबियाले यो निर्णय लिएको कुवेतका परराष्ट्रमन्त्रीले जानकारी दिएका छन्।

National Life

अधिकांश छिमेकी देशबाट प्रतिबन्धित कतारका लागि यो ऐतिहासिक निर्णय भएको जनाइएको छ। यो निर्णयसँगै साउदीले कतारसँगको स्थल र जलमार्ग खोलेको छ भने हवाई मार्ग खोल्ने तयारी गरेको छ।

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले जुन २०१७ मा कतारसँग कुटनीतिक, व्यापारिक तथा यात्रामाथिको सम्बन्ध तोडेका थिए। उनीहरुले कतार इरानसँग निकट रहेको भन्दै आतंकवादको समर्थन गरेको आरोप लगाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सबैजसो खाडी मुलुकको घेराबन्दीमा परेको कतारले आतंकवादलाई समर्थन गरेको भन्ने आरोपको खण्डन गर्दै आएको थियो।

कतारमाथिको यो प्रतिबन्ध हटाउन कुवेतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बीबीसीले जनाएको छ। कतारमाथि ३ वर्षसम्म लगाइएको प्रतिबन्धले सबै खाडी देशलाई असर परेको थियो।

खाडीको सबैभन्दा धनी र सानो देश कतारमाथिको ३ वर्षे प्रतिबन्ध कतारका लागिभन्दा प्रतिबन्ध लगाउने देशहरुका लागि बढी घातक भएपछि फुकुवा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। कतारको राजधानी दोहा पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन हब बन्दै गएको छ।

 

प्रतिकृया