• ९ असोज २०८३, शुक्रबार
  • २ः२३ दिउँसो

समुद्री कार्गोको भाडा बढ्यो

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०७:१२

विराटनगर, तेस्रो मुलुकबाट समुद्री मार्ग भएर आउने कच्चा पदार्थ र दैनिक प्रयोगमा आउने सामानको ढुवानी भाडा बढेपछि नेपाली बजारमा थप मूल्यवृद्धि हुने भएको छ ।

National Life

तोरी, भटमास, प्लास्टिकको दाना, कोइला, फलामलगायत औद्योगिक कच्चा पदार्थ र विद्युतीय वस्तुको ढुवानीमा भएको मूल्य वृद्धिले नेपाली बजारमा असर पार्ने उद्योगीहरूले बताएका छन् ।

तेस्रो मुलुकबाट आउने प्लास्टिकको दानामा एक टनमा नै ४ सय डलर मूल्य बढेको छ । कोरोना अघि प्रतिटनको ८०० डलर ढुवानी भाडा रहेकामा अहिले कोभिडको महामारीको कारण देखाउँदै ढुवानी कम्पनीहरूले १२ सय डलर लिन थालेको बागमती प्लास्टिकका सञ्चालक एवं उद्योग संगठन मोरङका कोषाध्यक्ष नन्दकिशोर राठीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार ढुवानी भाडा बढेका कारण अब प्रत्येक वस्तुमा किलोमा ८ देखि १० रुपैयाँ मूल्य वृद्धि हुने अवस्था छ । एउटा कन्टेनरमा १६ देखि १७ टनसम्म सामान ढुवानी हुन्छ । प्लास्टिकको दाना यूएई, दक्षिण अफ्रिका, सिंगापुर र भारतबाट आयात हुन्छ ।

चीनबाट हुने समुद्री ढुवानीको भाडासमेत आकाशिएको छ । पहिले ४० फिटे कन्टेनरको भाडा १६ सय यूएस डलर थियो । अहिले ५४ सय डलर पुगेको छ । भाडा निकै बढेपछि उद्योगी र व्यापारी आप्mनो सामान होल्ड गराउन बाध्य भएका छन् ।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य पवन शारडाले कोरोनाको कारण देखाएर पानी जहाज कम्पनीहरूले मनोमानी भाडा बढाएकाले नेपाली उपभोक्ताहरूले महँगीको सामना गर्नुपर्ने अवस्था आएको छ ।

पहिलो १५ देखि २० दिनमा तेस्रो मुलुकबाट आइपुग्ने माल अहिले ३० देखि ४० दिनसम्म लागिरहेको छ । यसै कारणले अहिले उद्योगहरूमा कच्चा पदार्थको समेत कमी हुन थालेको छ ।

रिफाइन तेल, खानेतेल, विद्युतीय सामग्री, औद्योगिक कच्चापदार्थलगायतमा ढुवानी भाडाका बढ्दाको असर देखिन थालेको छ । यसअघि नै खाने तेलको मूल्य प्रतिलिटर १० रुपैयाभन्दा बढी बढेको छ ।

त्यसैगरी फलामका सामग्री, सिमेन्ट, प्लास्टिकका सामग्रीमा समेत प्रतिकिलो १० रुपैयाँ मूल्य बढेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिकृया