• १० असोज २०८३, शनिबार
  • ८ः४५ राती

सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई

प्रकाशित मिति

२०७७ पुष २१ गते, मंगलवार ०७:१९

इलाम, पुस २१ । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्योदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन् ।

National Life

स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाडेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको छ । एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम ९जीपीएस०ले देखाएको ठाउँ भन्दै नेपाली भूभागपट्टि पिलर गाड्ने प्रयास गरेको सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट ९बीओपी०का इन्स्पेक्टर नवीन खतिवडाले बताए । उनले भने, ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाड्न खोजेको रहेछ ।’

भारतले सीमा क्षेत्रमा राखेको एसएसबीको बीओपीमा नयाँ नेतृत्व आएपछि पिलर गाड््ने प्रयास भएको सशस्त्र प्रहरी निरीक्षक खतिवडाले बताए । नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । पटक पटक सिमानामा भएको विवादले स्थानीय समस्यामा पर्न थालेका छन् । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरे पनि सानोतिनो समस्या अहिले पनि देखिरहने गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालको पूर्वी क्षेत्रमा भारतसँग जोडिएको सीमा क्षेत्रमा जिल्लाको प्रमुख सुरक्षा चुनौती देखिएको छ । नेपाल–भारत सीमास्तम्भको सुरक्षा र त्यहाँ भइरहने गतिविधि मुख्य चुनौतीका रूपमा रहेको छ ।

भारतीय सीमा क्षेत्र इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बिसे, कालपोखरी र जौवारीमा बीओपी स्थापना भइसकेका छन् । मानेभन्ज्याङमा बीओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ भने पाटापुर, मेघमा, गोर्खे र सन्दकपुर पनि प्रस्तावित छन् ।

सीमास्तम्भ सुरक्षा र सिमानामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि धमाधम सीमामै बीओपी राखिए पनि सीमा सार्ने समस्या हटेको छैन । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेन्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ ।

देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यु टावर निर्माणमा पनि एसएसबीले रोक लगाएको थियो । त्यो भ्यु टावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसबीले आफ्नो भन्दै रोक लगाएको होे ।

सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ । इलामको ५२ किलोमिटर भूमि भारतसँग जोडिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै ३–३ किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को बीओपी राखेको थियो । भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राखेको छ । राजधानी दैनिकबाट

प्रतिकृया