• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

मन्त्रिपरिषद् विस्तार गरेपछि दायर भएका रिटमाथिको सुनुवाइ फेरि स्थगित

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०४:०४

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद् विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरेपछि दायर भएका रिटमाथिको सुनुवाइ फेरि पनि स्थगित भएको छ।

National Life

न्यायाधीशकुमार रेग्मीको इजलासमा पेसी तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो।

रिटमाथि बुधबारको सुनुवाइ तोकिएको थियो स्थगित गरियो र आजलाई सारियो तर आजपनि हेर्न नभ्याउने भनेर आएत्बारलाई सारियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए। रिक्त पदमा प्रधानमन्त्रीले एक राज्यमन्त्रीसहित नौ मन्त्री थपेकापछि रिट परेको थियो ।

तत्काल मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले १३ गते र १४ गते अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका हुन्।

 

प्रतिकृया