• ११ असोज २०८३, आइतबार
  • १२ः०८ राती

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०१:५०

काठमाडौँ, उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।

National Life

प्रहरीको काठमाडौँस्थित महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई वीरगञ्जबाट नियन्त्रणमा लिएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

सुशीला गोयलका नाममा दर्ता भएको उक्त चिनी मिलको सबै कारोबार अग्रवालले हेर्दै आएको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

करिव २१ करोड रूपैयाँ किसानको बक्यौता भुक्तान गर्न बाँकी रहेको मिलले १ करोड रूपैयाँ भने बैंकमा दाखिला गरेको खुलेको छ ।

उखु किसानको रकम भुक्तानी नदिने उद्योगीविरूद्ध सरकारले पक्राउ पुर्जी जारी गरेको थियो ।

९० करोड रूपैयाँ भुक्तानी दिन तीन वर्ष हुँदा पनि नपाएको भन्दै गत मंसिर २८ देखि आन्दोलन गरेका किसानले पुस १३ मा आन्दोलन स्थगित गरेका छन् ।

सरकारले २१ दिनभित्र भुक्तानी दिलाउने प्रतिवद्धतासहितका ४ बुँदे सहमति गरेपछि उनीहरूको आन्दोलन स्थगित गरेका हुन् ।

प्रतिकृया