• ८ असोज २०८३, बिहीबार
  • ८ः१७ राती

गुणस्तर मापन अभियानकै रुपमा अगाडी बढाऔंः मन्त्री अर्याल

प्रकाशित मिति

२०७७ पुष १५ गते, बुधबार ०४:४८

काठमाडौंः कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरिक्षण गरेकी छन् ।

National Life

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछी मन्त्रालय अन्तर्गतका मातहत निकायहरुको ब्रिफिङ लिन शुरु गरेबमोमि उनी आज त्यहाँ पुगेकी हुन् ।

त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन्।

Classic Tech Mobile
Classic Tech Desktop

खाद्यवस्तुको गुणस्तर परिक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने मन्त्री अर्यालको भनाई थियो । ‘अहिलेको अनुगमन, निरिक्षण, ल्याब टेष्टको यति कार्यले मात्र हुदैन । अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुमन कार्यलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘तपाईहरु योजना सहित अगाडी बढ्नुस् । यसलाई अभियानकै रुपमा हामीले अगाडी बढाउनुपर्छ ।’

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउन समेत कर्मचारीहरुलाई निर्देशन दिएकी छन् ।

प्रतिकृया