• ८ असोज २०८३, बिहीबार
  • ८ः०२ राती

ओलीमाथि लगाएको आरोप पत्र नै पार्टी विभाजनको अधारपत्रः अर्थमन्त्री पौडेल

प्रकाशित मिति

२०७७ पुष १५ गते, बुधबार ०४:४२

बीरगन्जः नेकपाको महासचिव एवम् अर्थ मन्त्री विष्णु कुमार पौडेलले प्रचण्ड ले प्रथम अध्यक्ष ओलीमाथि लगाएको आरोप पत्र नै पार्टी विभाजनको अधारपत्र भएको आरोप लगाएका छन् ।

National Life

नेकपा ओली पक्ष को प्रदेश न २ को प्रादेशिक स्तरीय भेला बीरगन्जमा बोल्दै उनले ओलीमाथि लगाएको आरोपपत्र अनर्गल, प्रतिसोधमुलक फौजदारी अभियोग सहित को आरोप पत्र हो जस्को पुष्टी कसैले गर्न नसक्ने बताए ।

प्रचण्ड र माधवले पार्टी तथा सरकार कव्जा गर्ने षडयन्त्र गरेको कारण वाध्यतापुर्वक प्रतिनिधि सभा विघटन गर्नु परेको बताउदै प्रतिनिधि सभा अब पुनर्गठन हुन नसने भएकोले आम निर्वाचन मा होमीएर प्रदेश न २ को ३२ मध्ये १७ सिट जित्नेगरी अगाडी बढन आग्रह गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

भेलामा नेकपा प्रदेश न २ कमिटीका अध्यक्ष एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले माओवादी मुबेन्टको व्यापार गरीरहेको आरोप लगाएका छन्।

उनले प्रचण्ड प्रतिक्रान्तिको नेतृत्व गरिरहेको आरोप लगाउनु हुन्दै पुर्व माओवादीमा लागीरहेका नेता कार्यकर्ताहरुले प्रचण्डको साथ छाडेर प्रभु साहको साथ लाग्न आग्रह गरे ।

उनले टिकेहरु प्रचण्ड माधव तिर र जनताबाट निर्वाचितहरु ओली तिर रहेको बताए ।

भेलामा नेकपा स्थाइ कमिटी सदस्य एवम् प्रदेश न २ का इन्जार्ज सत्य नारायण मण्डल, मन्त्रीहरु लिला श्रेष्ठ, जुली कुमारी महतो, पुर्व मन्त्री रघुवीर महासेठ ले प्रदेश न २ कमिटी ओली को निर्णय को स्वागत गरेको धारण राखेका थिए ।

प्रतिकृया