• ७ असोज २०८३, बुधबार
  • १ः२९ दिउँसो

स्वदेश फर्कियो चिनियाँ प्रतिनिधिमण्डल नेपालका शीर्ष नेता भेटेर

प्रकाशित मिति

२०७७ पुष १५ गते, बुधबार ०१:३५

काठमाण्डु, चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली स्वदेश फर्किएको छ ।

National Life

चार दिने भ्रमणमा आइतबार नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलको टोली आज बुधबार बिहान हिमालय एयरलाइन्सबाट स्वदेश फकिर्एको हो । भ्रमणका क्रममा उक्त उच्चस्तरीय प्रतिनिधि मण्डलले नेपालका शीर्ष नेतृत्वसँग भेटघाट गरेको थियो ।

चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपति तथा सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो भने मंगलबार प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

भेटवार्ताका क्रममा चिनियाँ टोलीले देउवालाई राष्ट्रपति तथा पार्टी महासचिव सी जिनपिङका तर्फबाट अर्को वर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको १०० औँ वार्षिक समारोहमा आमन्त्रण समेत गरेको छ ।

संसद विघटन गरिएपछि सत्तारुढ नेकपा विभाजनतर्फ गएको अवस्थामा नेपालमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमबीच चीनबाट उच्चस्तरीय टोलीले गरेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । यद्यपी उनीहरुबीच के-के कुराकानी भयो त्यो भने खुलाइएको छैन ।

चिनियाँ टोलीले भने नेकपाको आन्तरिक मामिलामा हस्तक्षप गर्नु भ्रमणको उद्देश्य नभएको स्पष्ट पारेको छ । नेपाल–चीन सहयोग, कोभिड–१९ महामारी नियन्त्रण लगायतका विषयमा भ्रमण केन्द्रित रहेको चिनिया विदेश मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया