• १२ असोज २०८३, सोमबार
  • २ः३३ राती

प्रचण्ड नेपाल समूहले आज संसद् विघटन विरोध जनाउँदै देशैभर प्रदर्शन गर्ने,

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ०८:३५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोध जनाउँदै आन्दोलनरत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबार देशैभर प्रदर्शन, जुलुसको आयोजना गर्ने भएको छ ।

National Life

मंगलबार बिहान ११ बजेदेखि देशैभर प्रदर्शन हुने नेकपाका नेताहरूले जनाएका छन् । काठमाडौं उपत्यकामा विभिन्न ८ स्थानबाट जुलुस निस्कने अनेरास्ववियू प्रचण्ड–नेपाल समूहका एक नेताले जानकारि दिए ।

उनका अनुसार उपत्यकाको बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट जुलुस निस्कने छ । युवा सङ्घले बागबजारबाट र अनेरास्ववियूले घन्टाघरबाट जुलुस निकाल्ने तयारी गरेको उनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

पूर्व सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरको जुलुस बानेश्वरबाट निस्कने छ । मकवानपुर, चितवन, धादिङको जुलुस टेकुमा मिसिने छ । नुवाकोट, रसुवाका लागि लैनचौर तय गरिएको छ । ललितपुरको जुलुस कुपनडोलबाट सुरु भएर भृकुटीमण्डप आइपुग्ने नेकपाले बताएको छ ।

भृकुटीमण्डपमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिकृया