• ९ असोज २०८३, शुक्रबार
  • १ः५४ राती

पठाओको कार्यालय नयाँ बानेश्वरमा तोडफोडः ४५ जना पक्राउ

प्रकाशित मिति

२०७७ पुष १३ गते, सोमबार ०३:२५

काठमाडौंः राइड शेयरिङ एप पठाओको कार्यालय नयाँ बानेश्वरमा तोडफोड भएको छ ।

National Life

विभिन्न् माग राखेर विरोध गरिरहेका पठाओका चालकहरुले कार्यालयमा तोडफोड गरेका हुन् ।

आफ्ना माग पूरा नभएको भन्दै सय जनाभन्दा धेरै पठाओका चालक कार्यालय घेराउ गर्न पुगेका थिए । त्यही बेला केही व्यक्तिले कार्यालयमा ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीका अनुसार ४५ जनालाई पक्राउ गरिएको छ । तोडफोड कसले गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया