• ९ असोज २०८३, शुक्रबार
  • ४ः३१ बिहान

ओलीले रिसमा आएर संसद विघटन गरेः नेता सिंह

प्रकाशित मिति

२०७७ पुष १३ गते, सोमबार ०३:३२

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अन्तर कलहको रिसमा आएर संसद विघटन गरेको बताएका छन् ।

National Life

काठमाडौं क्षेत्र नं १ ले बानेश्वरमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

केपी ओलीले ०१७ सालमा तत्कालिन राजा महेन्द्रले ‘कू’ गरेझैं अहिले संविधानमाथि ‘कू’ गरेको आरोप लगाउँदै यसविरुद्ध लड्न सबैलाई आह्वान गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

‘नेकपाको आन्तरिक झगडाको रिस संसदमा पोखिएको छ । ओली जनताको म्यान्डेट लिन्छु भनिरहेका छन् । म जस्तो प्रजातान्त्रिक को हुन सक्छ भनिरहेका छन्, तर जनप्रतिनिधिहरुको संसद् भंग गरेर को प्रजातान्त्रिक हुन सक्छ ?, उनले प्रश्न गरेका छन् ।

प्रतिकृया