• ९ असोज २०८३, शुक्रबार
  • ११ः२३ राती

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग ७–० गोल अन्तरले क्रिस्टल प्यालेस पराजित

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार ०७:१६

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित दर्ता गरको छ । शनिबार राति क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

National Life

पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल थप गर्न सफल रह्यो । लिभरपुलका लागि रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई–दुई तथा मिनामिनो, साडिओ माने तथा हेन्डर्सनले एक–एक गोल गरे । मिनामिनोले तेस्रो, मानेले ३५ औँ तथा फिमिनोले ४४ र ६८ औँ मिनेटमा गोल गरेका हुन् ।

यस्तै हेन्डर्सनले ५२ तथा सालहले ८१ र ८४ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ७–० ले विजयी भएको हो । जितपछि शीर्ष स्थानको लिभरपुलको १४ खेलबाट ३१ अंक भएको छ । दोस्रो स्थानमा पुगेको एभर्टन भन्दा पाँच अंकले अघि रहेको छ । शनिबार राति भएको खेलमा आर्सनलमाथि २–१ को जित दर्ता गरेको एभर्टनको १४ खेलबाट २६ अंक भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लिभरपुलसँग पराजित भएको क्रिष्टल प्यालेस १८ अंकसहित १३ औँ तथा एभर्टनसँग पराजित भएको आर्सनल १४ अंकसहित १५ औँ स्थानमा छ ।

प्रतिकृया