• १० असोज २०८३, शनिबार
  • १०ः०९ राती

‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने

प्रकाशित मिति

२०७७ पुष ३ गते, शुक्रबार ०८:२३

काठमाडौं, सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ। पहिलो चरणमा बढी संक्रमण देखिएका सहरी क्षेत्रमा ३ लाख जनाको परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

National Life

मन्त्रालयका प्रमुख विशेषज्ञ एवं कोभिड–१९ स्रोत व्यक्ति ९फोकल पर्सन० महेन्द्रप्रसाद श्रेष्ठले यसलाई सहरी क्षेत्रमा व्यापक रूपमा अघि बढाइने जानकारी दिए। कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने आकलन भइरहेका बेला मन्त्रालयले एन्टिजेन परीक्षण गर्न लागेको हो। ‘नयाँ संक्रमित पत्ता लगाउन र संक्रमणको सम्भावित महामारी नियन्त्रणका लागि एन्टिजेन परीक्षण गर्न लागिएको हो’, श्रेष्ठले भने, ‘संक्रमण पुष्टि भएका व्यक्तिलाई तत्कालै आइसोलेसनमा राखिनेछ।’ यो विधिबाट परीक्षण गरेको आधा घण्टाभित्र परिणाम आइसक्नेछ।

उनका अनुसार यसका लागि विश्व स्वास्थ्य संगठनले १ लाख र युनिसेफले ५० हजार किट सहयोग गरेका छन्। थप किट खरिद गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ। ‘पुसभित्र ३ लाख र माघमा ३ लाखको एन्टिजेन परीक्षण गर्ने लक्ष्य छ’, उनले भने। परीक्षणका लागि जनशक्तिलाई तालिम दिइसकिएको छ। उनका अनुसार २ सयभन्दा बढी सक्रिय संक्रमित भएका काठमाडौं, पोखरालगायत ठूला सहर, हटस्पट र घना बस्तीमा पहिले परीक्षण गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले परीक्षण कार्यमा प्रदेश र स्थानीय तहसँग समन्वय गरिने बताए। ‘अहिले संक्रमण घटेको देखिन्छ। वास्तविकता के हो रु के भएर संक्रमण घटेको हो रु यसको तथ्यगत प्रमाण त चाहियो नि’, डा। पाण्डेले भने, ‘रोगको स्थिति कस्तो छ रु सबै थाहा पाउन सजिलो हुन्छ।’ उनका अनुसार अहिले कोरोना संक्रमणको जोखिम क्षेत्रको नक्सांकन भइरहेको छ।

अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

प्रतिकृया