• ९ असोज २०८३, शुक्रबार
  • ७ः१० बेलुका

नेकपाको अर्को स्थायी कमिटी बैठक ५ गते बस्ने

प्रकाशित मिति

२०७७ पुष १ गते, बुधबार ०८:१६

काठमाण्डौ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा निवेदन दर्ता नगर्ने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको स्थायी कमिटीको बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र साथै राष्ट्रपति समक्ष संसद्को बैठकको माग गरेर पेस गर्ने भनेको आवेदन पनि फिर्ता गर्ने निर्णय सर्वसम्मतिले गरेको छ ।’

National Life

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु भएपछि नेकपाका ८३ जना सांसद्को हस्ताक्षरसहितको निवेदन बोकेर भीम राव र पम्फा भुसालसहितका नेताहरू दिनभर शीतल निवासमा बसेका थिए ।
अध्यक्षहरूबीच सहमति भएको औपचारिक जानकारी आएपछि आफूहरू निवेदन दर्ता नगरि फिर्ता भएको नेता भीम रावलले जानकारी दिनुभयो ।

प्रतिकृया