• ५ साउन २०८३, मंगलबार
  • ४:२७ बेलुका

बैंक अफ काठमाण्डूले ग्राहकलाई नेशनल प्याथ ल्याबमा १५% छुट गराउने

प्रकाशित मिति

२०७७ पुष १ गते, बुधबार ०७:२३

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई श्री नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५% को छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

श्री राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क क्षेणीको मान्यता प्राप्त प्रयोगशाला श्री नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.ले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

Kamana Sewa

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक श्री रत्न बहादुर खड्काज्यू र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि., रुपन्देहीका निर्देशक श्री पवन जोशीज्यूूले हस्ताक्षर गर्नुभयो ।

Classic Tech Desktop

बैंकले हाल बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिकृया