सेनाका पृतनाहरुको जिम्मेवारी कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७७ पुष १ गते, बुधबार ०७:३५
काठमाडौ, नेपालमा रहेका ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको बारेमा अध्ययन, अनुसन्धान तथा तिनिहरुको संरक्षणका लागि नेपाली सेनाले सम्बद्ध पक्षहरुसंग छलफल, समन्वय एवं सहकार्य गर्दै आएको छ ।
यो कार्य प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन अनुसार स्थानिय निकायको समन्वयमा त्यँहा तैनाथ नेपाली सेनाका पृतना, वाहिनि, गण र गुल्मले विभिन्न तवरबाट सम्पादन गर्दै आएका छन । कोभिड १९ महामारीका कारण केही प्रभावित भएता पनि यस कार्यलाई सम्पन्न गर्न नेपाली सेनाका सम्बद्ध निकायहरुबाट विभिन्न प्रयासहरु भईरहेका छन् ।
नेपाली सेनाले गत वर्ष देखि नै विभिन्न कार्यहरु थालेको थियो । यस विषयमा छलफल, अन्तरक्रिया मार्फत बुझाईमा एकरुपताको लागि मिति २०७६ भाद्र १२ र १३ गते नेपाली सेनाका फर्मेशन, युनिटहरु र पर्यटन बोर्डका पदाधिकारीहरु तथा विज्ञहरु सम्मिलित गराई सेमिनार सम्पन्न गरेको थियो ।
त्यसै गरी मिति २०७६ पौष २ गते नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरु सम्मिलित बृहत सेमिनारमा तयारी सम्बन्धी छलफल गरेर मिति २०७६ माघ २, ३ र ५ गते सबै सरकारी एव गैरसरकारी निकायहरुको सहभागीतामा एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार सम्पन्न भइ नेपाल सरकारमा वजेट तथा सैद्धान्तिक प्रस्तावहरु पठाइएको थियो ।







प्रतिकृया