• ९ असोज २०८३, शुक्रबार
  • ९ः१० राती

विवाह पञ्चमी औपचारिकतामा सीमित

प्रकाशित मिति

२०७७ मंसिर २६ गते, शुक्रबार ०४:२४

काठमाडौं, परापूर्वकाल देखि चलिआएको विवाह पञ्चमी यसपालि कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै परम्परागत हिसाबले मात्र मनाईने भएको छ ।

National Life

प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुनेमा यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन ।

यस पटक विवाह पञ्चमी पुस ४ गते शनिबार परेको छ । वर्षौंदेखि चल्दै आएको परम्परालाई यस वर्ष सीमित रुपमा मनाइने जनकपुरस्थीत जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैश्णवले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस पटक विवाह पञ्चमीलाई सीमित रुपमा मनाउन सप्ताहव्यापी कार्यक्रम घोषणा गरिएको छ । मंसिर २९ गते जनकपुरधाम नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिनेछ ।

प्रतिकृया