• ९ असोज २०८३, शुक्रबार
  • १०ः३४ राती

सरकारविरुद्ध आन्दोलनका लागी देउवा मकवानपुर जादै

प्रकाशित मिति

२०७७ मंसिर २६ गते, शुक्रबार ०३:३४

काठममडौ,  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २ गतेको आन्दोलनका लागि विभिन्न जिल्लामा केन्द्रीयस्तरका नेताहरुलाई खटाएको छ । बिहीबार पूर्वपदाधिकारीसहितको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहारको विरोधमा ७७ वटै जिल्लाबाट प्रर्दशनमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको थियो ।सरकारविरुद्ध आन्दोलन चर्काउन सभापति शेरबहादुर देउवा, गगन थापा लगायतका नेताहरु विभिन्न जिल्लामा जाने भएका हुन् ।प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रबाट गएर नेताहरुले जिल्ला–जिल्लामा सम्बोधन गर्ने जानकारी दिए ।

National Life

उनका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाण्डु, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरा, प्रदीप पौडेल कञ्चनपुर र एनपी साउदले अछामबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया