• १४:४० २०८० चैत्र १६ गते
  • 2:40 pm

अफगानिस्तानमा सुरक्षाकर्मीको आक्रमण, ८ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ मंसिर २६ गते, शुक्रबार ०२:२७

afghanistan ap jt

काबुलः अफगानिस्तानको उत्तरी प्रान्त फर्‍याबमा सुरक्षाकर्मीको हवाइ आक्रमणमा ८ तालिबानी लडाकूको ज्यान गएको र ४ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

रक्षा मन्त्रालयका अनुसार सैन्य कारवाहीको क्रममा तालिबानीहरु लुकेर बसेको स्थानमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् । अफगानिस्तानका विभिन्न स्थानमा पछिल्लो समय हिंसात्मक गतिविधि बढेका छन् । सुरक्षाकर्मीको आक्रमण पनि पछिल्लो समय बढ्न थालेको छ ।

अफगानिस्तानमा २० वर्षदेखि युद्धरत तालिबानी समूह र अफगान सरकारबीच चरणवद्ध वार्ता भए पनि सम्पन्न हुन सकिरहेको छैन ।
एजेन्सी

प्रतिकृया