• ११ असोज २०८३, आइतबार
  • ४ः०७ बिहान

भूमिहीन जनतालाई जग्गाको मालिक बनाउँछौंः खानेपानीमन्त्री मगर

प्रकाशित मिति

२०७७ मंसिर २६ गते, शुक्रबार ०६:३१

कञ्चनपुर – खानेपानीमन्त्री बीना मगरले वर्षौंदेखि चलनभोग गर्दै आएको स्वामित्व नपाएको जग्गाको मालिक जनतालाई बनाउनका लागि काम अगाडि बढाइएको बताएकी छन् ।

National Life

आज बेलडाँडी गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले चुनावमा गरिएको प्रतिबद्धताअनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन लागिएको बताइन् ।

वर्षौंदेखि थाति रहेको आरक्ष विस्थापित परिवारको पुनःस्थापनको कार्य अगाडि बढाउनका लागि पहल भइरहेको उनले बताइन् । ‘आरक्ष विस्तारका क्रममा सयौँ परिवार विस्थापनमा परेका छन् यसबारे जानकार छु’, उनले भनिन्, ‘यस समस्यालाई गम्भीरतापूर्वक लिएको छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

जिल्लाको विकासका लागि कटिबद्ध रहेको धारणा अघि सार्दै उनले विकासका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको बताइन् ।

भवन उद्घाटन कार्यक्रममा सहभागी नेकपा सुदूरपश्चिम प्रदेशका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले कार्यालय भवन निर्माणले प्रशासनिकसँगै विकास निर्माणका काम अगाडि बढाउन सहज हुने बताए । गाउँपालिकाको चारतले भवन सात करोडको लगानीमा निर्माण गरिएको छ ।

प्रतिकृया