• ७ असोज २०८३, बुधबार
  • २ः२५ दिउँसो

विकास बैंकले लाभांश घोषणा,मुक्तिनाथ बन्यो पहिलो

प्रकाशित मिति

२०७७ मंसिर २३ गते, मंगलवार ०४:३८

काठमाडौं , विकास बैंकहरुले पनि लाभांश घोषणा सुरु गरेका छन् । आर्थिक वर्षको पहिलो ५ महिना सकिनै लाग्दा विकास बैंकले लाभांश घोषणा सुरु गरेका हुन् । विकास बैंकहरुमध्ये पहिलो पटक मुक्तिनाथ विकास बैंकले पहिलो पटक लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम रहेको ४ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजीको १५.५१ प्रतिशतले हुन आउने ६७ करोड ८ लाख रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको हो ।

National Life

उक्त लाभांशमध्ये ११.२५ प्रतिशत बराबर बोनस सेयर तथा ४.२६ प्रतिशत नगद लाभांश हुने बैंकले जनाएको छ । यो लाभांशपछि बैंकको पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । अहिले बजारमा १८ वटा विकास बैंकहरु अस्तित्वमा छन् । तीमध्ये ८ वटा राष्ट्रियस्तरको विकास बैंक छन् भने बाँकी क्षेत्रीय स्तरका बैंकहरु छन् । हालसम्म १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरे पनि विकास बैंकहरुले भने अहिलेसम्म लाभांश घोषणा गरेका थिएनन् ।मुक्तिनाथ बन्यो पहिलो

प्रतिकृया