• ११ असोज २०८३, आइतबार
  • १ः४९ राती

सरकारविरुद्ध कांग्रेस सडकमा

प्रकाशित मिति

२०७७ मंसिर २० गते, शनिबार ०८:४७

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ। कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको सट्टा लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै फरक मत राख्ने राजनीतिक दललाई निषेध गर्न थालेको ठहर गर्दै कांग्रेसले सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको हो।

National Life

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार दिउँसो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठकले बुधबार पार्टी नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटनमा लगाएको रोकलाई सरकारको अधिनायकवादी आकांक्षाको संज्ञा दिएको छ। सरकारको जनविरोधी कदमविरुद्ध पार्टीले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिँदै उपसभापति विमलेन्द्र निधिले भने, ‘सरकारले संसद्को बैठक बोलाउन गरेको आलटाल, आर्थिक अनियमितता, कोरोना भाइरस नियन्त्रण र त्यसले पारेको प्रभावमा गरेको बेवास्ता, तनहुँ घटनाको विरोधमा पार्टीले मंसिर २९ गते देशभरि विरोध कार्यक्रम गर्नेछ।’

सरकार अहिलेको आवश्यकता, संविधान, कानुनअनुसार जे गर्नुपर्ने हो त्यो काम नगरेर निषेध, आर्थिक अनियमितासहितका काममा उद्यत भएर मुलुकलाई असहजतातिर धकल्न सक्रिय रहेको निष्कर्ष निकाल्दै कांग्रेसले अब चुप लागेर बस्ने अवस्था नरहेको जनाएको छ। सरकारको गैरजिम्मेवार कदमविरुद्ध स्वास्थ्य सतर्कता अपनाउँदै विरोधमा उत्रिनुपर्नेमा बैठकमा सहभागी सबै नेता एकमत देखिएका छन्।
नागरिक दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया