• ७ असोज २०८३, बुधबार
  • २ः५९ दिउँसो

बैंक अफ काठमाण्डू लिमिटेडको निक्षेप ग्राहकलाई रु. ५ लाखको बीमा दाबी रकम भुक्तानी

प्रकाशित मिति

२०७७ मंसिर १८ गते, बिहीबार ०८:३५

काठमाण्डौ, बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. एघार लाखसम्मको बीमा सुबिधा   सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउदै आईरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि रु. पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको वनाएको छ ।

National Life

यसै सुबिधा अन्र्तगत रुद्र प्रसाद वस्तीलाई बैंकले रु ५००,०००।०० (अक्षेरुपी पाँच लाख मात्र) बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । केही समययता प्राणघातक रोगको कारणले उहाँको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरीरहनु भएको बताए ।

बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्री रुद्र प्रसाद वस्तीलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीको उपस्थीती रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेका जनाएको छ ।

 

 

प्रतिकृया