मृतकको परिवारलाई सिटिजन लाईफद्धारा बीमा वापतको रकम हस्तान्तरण
प्रकाशित मिति
२०७७ मंसिर १४ गते, आईतवार १२:३०
भैरहवा,मंसिर १४ । सिटिजन लाईफ ईन्स्योरेन्सको सिद्धार्थनगर ९,भैरहवा शाखाले मृतकको परिवारलाई बीमा दाबी भुक्तनी गरेको छ । कालगतिले निधन भएकी स्व।सरस्वती लोनियाको छोरा सन्दिप लोेनियालाई मृत्यु दावी भुक्तानी वापत १ लाख २५ हजार को चेक हस्तान्तरण गरिएको जनाएको छ । ५५ वर्षिया लोनियाको यहि मिति २०७७।०५।०७ मा आफ्नै निवासमा निधन भएको थियो ।
तिलोत्तमा न।पा।१३, विसौरिया ,रुपन्देही निवासी स्व।सरस्वती लोनियाले सिटिजन शुभारम्भ योजना अन्र्तगतको १ लाखको १५ वर्षे बीमा योजना खरिद गरि पहिलो किस्ता ५,६३० रुपैयाँ बझाएका थिए ।
सिटिजन लाइफ इन्स्योरेन्स क।लि भैरहवाका एरिया शाखा प्रमुख नरेश सिग्देल, तिलोत्तमा न।पा।वडा नं।१३, का वडाध्यक्ष गणेश न्यौपाने,भैरहवा शाखा प्रमुख गिरिजा खनाल ,भलवारी शाखा प्रमुख रवि काफ्ले लगायतले संयुक्त रुपमा लोनियालाई चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स क।लि भैरहवा एरिया शाखा प्रमुख नरेश सिग्देल, तिलोत्तमा न।पा।वडा नं।१३, का वडाध्यक्ष गणेश न्यौपाने,भैरहवा शाखा प्रमुख गिरिजा खनाल ,भलवारी रवि काफ्ले एवं एजेन्सी म्यानेजर लगाएतको उपस्थिति रहेको थियो।






प्रतिकृया