• ०५:५२ २०८१ बैशाख ६ गते
  • 5:52 am

विश्वभर ६ करोड २५लाख कोरोना संक्रमितको संख्या

प्रकाशित मिति

२०७७ मंसिर १४ गते, आईतवार १२:११

corona

काठमाडौं, १४ मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख नाघेको छ । बितेको २४ घन्टामा संक्रमित संख्या ६ लाखले बढेको हो । मृतकको संख्या १४ लाख ५८ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ६ करोड २५ लाख ७३ हजार पुगेको छ । मृतकको संख्या १४ लाख ५८ हजार तीन सय पाँच पुगेको छ । विश्वभर कुल सक्रिय कोरोना संक्रमितको संख्या एक करोड ७७ लाख पुगेको छ । जसमध्ये ४ करोड ३१ लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ३६ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ७२ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९३ लाख संक्रमितमध्ये एक लाख ३६ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६२ लाख ९० हजार संक्रमितमध्ये एक लाख ७२ हजारको मृत्यु भएको छ ।

फ्रान्समा २२ लाख ८ हजार संक्रमित संख्यामध्ये ५२ हजारको मृत्यु भइसकेको छ । रुसमा २२ लाख संक्रमितमध्ये ३९ हजारको मृत्यु भएको छ । स्पेनमा १६ लाख संक्रमितमध्ये ४४ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख कोरोना संक्रमितमध्ये ५८ हजारको मृत्यु भएको छ । इटालीमा १५ लाख संक्रमितमध्ये ५४ हजारको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ । अहिलेसम्म २ लाख २९ हजार ३ सय ४३ जना संक्रमित भइसकेका छन् ।

प्रतिकृया