• ८ असोज २०८३, बिहीबार
  • ८ः५७ राती

कतार पठाउन अवैध अन्तर्वार्ता

प्रकाशित मिति

२०७७ मंसिर १० गते, बुधबार ०८:०५

 

National Life

काठमाडौं, कतारमा नेपाली श्रमिक पठाउने विषयमा मागपत्रको पूर्वस्वीकृति बिना नै केही वैदेशिक रोजगार कम्पनीले विदेश पठाउने भन्दै सयौँ सङ्ख्याका युवालाई धमाधम अन्तर्वार्ता लिएको अवस्थामा वैदेशिक रोजगार विभागको अनुगमन टोलीले फेला पारेको छ । होप इन्टरनेसनल, एसओएस म्यानपावर सर्भिस र डीडी ह्युमन रिसोर्स कम्पनीले त्यसरी अन्तर्वार्ता लिएको पाइएको हो ।

यससँगै वैदेशिक रोजगारीका नाममा डरलाग्दो बेथिति रहेको उजागर भएको छ ।विभागको टोलीले सोमबार धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रालिमा र मङ्गलबार रानीबारीस्थित होप इन्टरनेसनल म्यानपावरमा अनुगमन गर्ने क्रममा कतारमा सुरक्षा गार्डका लागि मागको पूर्वस्वीकृति बिना अन्तर्वार्ता लिएको अवस्थामा फेला पारेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

ती कम्पनीले सुरक्षा गार्डका लागि अन्तर्वार्ता लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा विभागको टोली आकस्मिक अनुगमनमा पुगेको थियो । विभागको टोली ती कम्पनीमा पुग्दा अन्तर्वार्ताका लागि सयौँ सङ्ख्याका युवालाई गेटबाहिर लाइनमा लामबद्ध गरेको फेला परेको विभागले जनाएको छ । अनुगमनपछि विभागको टोलीले आवश्यक कागजातसहित वैदेशिक रोजगार कम्पनीका सञ्चालकलाई विभागमा उपस्थित हुन पत्र काटेको जनाएको छ ।

विदेशबाट नेपाली श्रमिकको माग आएको हो भने त विभागबाट पूर्वस्वीकृति नै नलिइकन कसरी विदेश पठाउन सम्भव छ भन्ने प्रश्न गर्दै विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कानुनअनुसार कारबाही गर्ने बताएको छ ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया