• ८ असोज २०८३, बिहीबार
  • ६ः२९ बेलुका

३ सय २६ व्यापारिक फार्मलाई कारबाही

प्रकाशित मिति

२०७७ मंसिर १० गते, बुधबार ०७:२३

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको हो ।

National Life

विभागका अनुसार गत साउनदेखि ८ मंसिरसम्म १ हजार २ सय १२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । बजार अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्डविपरीत व्यापार व्यवसाय गर्ने ३ सय २६ फार्मलाई कारबाही गरी १ करोड २० लाख ५ हजार जरिमाना गरेको विभागले जनाएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने व्यावसायिक फार्मलाई कसुरअनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गरेको छ । बजार अनुगमनका क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गरेको पाइएमा बजार निरीक्षण अधिकृतले नै ठाउँको ठाउँ ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गर्न पाउने व्यवस्था ऐनमा छ । सोही ऐनबमोजिम विभागले बजार अनुगमन गरेर उपभोक्ता ठगी गरेको वा प्रचलित कानुनविपरीत गर्नेलाई तत्काल कारबाही गर्दै आएको छ

Classic Tech Mobile
Classic Tech Desktop

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्ममा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कपडा पसल, खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी तथा फलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई पसललगायतमा अनुगमन गरेको छ । सो अवधिमा ६० लाख ८८ हजार १ सय ९ रुपैयाँ बराबरको उपभोग गर्न नमिल्ने म्याद खाद्य सामान नष्ट गरेको छ । यसैगरी २८ वटा व्यवसायको कारोबार रोक्का गरेको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईंले चालु आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्ममा उपत्यका मात्र ३ सय २६ व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । प्रवक्ता सेढाईंले बजार अनुगमन गर्दा खाद्य सामग्रीमा म्याद सकिएका खाद्यान्नमा पुनः म्याद राखेर बिक्री गर्ने, अनलाइन व्यापारमा खाद्यान्न, मार्ट, लेबल नभएका, एउटा भनेर अकै व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कारबाही गरिएको गरेको बताए । उनले १ हजार २ सय १२ वटा व्यवसायमा अनुगमन गर्दा ८७ वटा व्यवसायमा मात्र सामान्य अवस्थामा बताए ।

राजधानी दैनिकबाट साभार

प्रतिकृया