• २०:३२ २०८० चैत्र १५ गते
  • 8:32 pm

नबिल बैंक र दराज नेपाल मिली दराजका विक्रेताहरूलाई सारथी योजना

प्रकाशित मिति

२०७७ मंसिर ९ गते, मंगलवार ०२:२८

MOU signing 1 e1606207405867

काठमाण्डौ,मंसिर ९ । नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम(एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंकका ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो भने दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसंग जँेड्ने देशकै ठूलो अनलाइन स्टोर हो ।

दुबैको सहकार्यमा “सारथी” भन्ने वित्तिय कार्यक्रम सुरू गरेका छन्, जहा“ दराजका विक्रेताहरूले आकर्षक सुविदा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएकँे जनाएको छ । जसमा पुराना तथा नया“ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।

नबिल बैंकका डेपुटी सीईओ, सुजित कुमार शाक्य र दराज क्यामु प्रा लिका प्रबन्ध निर्देशक, लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओले भने, “यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पु¥याउनु रहेको छ ।सारथी कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड –१९को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पु¥याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ ।”त्यस्तै, दराज क्यामु प्रा लि.का प्रबन्ध निर्देशकले भने, “सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौ । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड –१९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । योे नेपालमै पहिलँ क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान हँे र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं । नेपाली आर्थिक Ôेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।”

आ्नो अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरुले, सारथी कार्यक्रमको लागि तलको लिंक प्रयँेग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको छ ।

https://www.daraz.com.np/wow/camp/daraz/megascenario/np/campaigns/daraz-sarathi-program?hybrid=1
नबिल बंैकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, (७५)  ATM ) र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको जनाएको छ ।

प्रतिकृया