• १३ असार २०८३, शनिबार
  • ५:२९ बिहान

राजस्व कार्यालय विराटनगरले भेटेन लक्ष्य

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार ०२:१६

विराटनगर, आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल रु एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यमा रु ३० करोड ८३ लाख ७६ हजार कम सङ्कलन हुनुमा औद्योगिक उत्पादनमा गिरावट आउनु र मदिराजन्य पदार्थको कारोवारमा कमी आउनु कारण रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए । तीन महिनाको अवधिमा कार्यालयले लक्ष्यमा ८४ प्रतिशत प्रगति हासिल गरेको छ ।

Kamana Sewa

असोजसम्ममा आम्दानी करमा १११ प्रतिशत र मूल्यअभिवृद्धि करमा १३७ प्रतिशत प्रगति हासिल गरेको कार्यालयले अन्तःशुल्कमा ५० प्रतिशत मात्र प्रगति गरेको देखाएको छ । सङ्कलित राजस्वमा आम्दानी कर रु ५४ करोड ८८ लाख, मूल्यअभिवृद्धि कर रु ५७ करोड १५ लाख ४७ हजार र अन्तःशुल्क रु ५१ करोड ६४ लाख ७८ लाख असुली भएको छ ।

Classic Tech Desktop

कार्यालयबाट प्राप्त जानकारीअनुसार असोजमा आम्दानी करमा १२३ प्रतिशत, मूल्यअभिवृद्धि करमा १७८ प्रतिशत र अन्तःशुल्कमा ६८ प्रतिशत प्रगति गरेको छ । सो महिनामा रु ६५ करोड ३० लाख ३१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ६३ करोड २१ लाख ९१ हजार राजस्व सङ्कलन गरी लक्ष्यमा ९७ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख सापकोटाले बताए ।रासस/File Photo

प्रतिकृया