• ९ असार २०८३, मंगलबार
  • ३:५३ बिहान

एभरेष्ट बैंकले २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ११:३८

एभरेष्ट बैंकले २०७६/७७ को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफबाट लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।उक्त प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । त्यसपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Kamana Sewa

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड रूपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ८९ करोड रूपैयाँ नाघ्ने छ ।

Classic Tech Desktop

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड रूपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ८९ करोड रूपैयाँ नाघ्ने छ ।

बैंकले अघिल्लो आवको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत लाभांश९५ प्रतिशत बोनस र २० प्रतिशत नगद वितरण गरेको थियो ।

प्रतिकृया