• ७ असोज २०८३, बुधबार
  • ३ः०८ दिउँसो

ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

प्रकाशित मिति

२०७७ कार्तिक १८ गते, मंगलवार ०५:००

काठमाडौं । ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको संस्थापक समूहको ५४ दशमलव ३५ प्रतिशत शेयर स्वामित्वबाट ३ दशमलव ३५ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय गरेको हो ।

National Life

योसँगै बैंकको संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम भएको छ । यस्तै, बैंक संचालक समितिको बैठकले यस सम्बन्धि कामलाई पूर्णता दिनका लागि राष्ट्र बैंकबाट स्वीकृति लिन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले संस्थापकको हिस्सा ५१ प्रतिशत कायम गर्नका लागि ३ दशमलव ३५ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस सम्बन्धि कामलाई पूर्णता दिन, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनका लागि प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय पनि बैंक सञ्चालक समितिले गरेको छ ।हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ४९ करोड रुपैंया रहेको छ । जस अनुसार संस्थापक शेयरको संख्या १ करोड ८९ लाख ९६ हजार ९ सय १९ कित्ता छ ।

प्रतिकृया