• ९ असोज २०८३, शुक्रबार
  • ३ः४२ दिउँसो

ओली-दाहालबीच आजै वार्ता हुने, नेम्वाङ सक्रिय

प्रकाशित मिति

२०७७ कार्तिक १८ गते, मंगलवार १२:४०

काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज साँझसम्म वार्ता हुनेगरि तयारी भैरहेको छ । पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चर्कँदा पार्टी एकता नै गम्भीर संकटमा पर्ने हो कि भन्ने आशंका उब्जिरहेको बेला दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

National Life

अध्यक्षद्धय ओली र दाहालबीच सम्वादहिनता तोड्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सक्रिय भएका छन् । उनले पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने,‘दुई अध्यक्षजीबीच आजै वार्ता हुन्छ । त्यसको लागि म विहानैदेखि सक्रिय भएको छु । आज विहान मैले प्रधानमन्त्रीजीसँग कुरा गरेको छु, अब अर्का अध्यक्ष प्रचण्डजीसँग पनि कुरा गरेर आजै उहाँहरुबीच वार्तामा बस्नेगरि गृहकार्य भैरहेको छ ।’ उनले अध्यक्षद्धयबीच आज जुनसुकै समयमा पनि वार्ता हुने विश्वास दिलाए ।

विभाजन रोक्न प्रचण्डले ओलीसँग निर्णायक वार्ता गर्ने
यसअघि दाहालनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि दुई अध्यक्षबीच आजै वार्ता हुने संकेत गरिसकेका छन् । उनले हिजोपनि दुई अध्यक्षबीच टेलिफोनमा सम्वाद भएको सुनाएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको निर्णय नमानेको र एकलौटी गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । उनीहरुले तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । तर, ओलीले आफू कुनैपनि बैठक राख्ने पक्षमा नभएको भन्दै जबरजस्ती बैठक राखे र आफूविरुद्ध निर्णय गरेर ठूलो कदम चाल्ने दाहाललाई चेतावनी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया