• ९ असोज २०८३, शुक्रबार
  • ४ः३२ बेलुका

एक महिनासम्म चन्द्रमा बेपत्ता: यस्तो थीयो रहस्य

प्रकाशित मिति

२०७७ कार्तिक १७ गते, सोमबार ०५:१५

 

National Life

काठमाडौं, आकाशबाट चन्द्रमा गायब भएको कुरा हामीले सायदै हामीले सुनेका होलाउँ । हामीले कथा,कहानीमा मात्र चन्द्रमा आकाशबाट गायब भयो भन्ने कुरा सुनेका हौँला । तर एक पटक वास्तवमा नै चन्द्रमा आकाशबाट गायब भएको थियो । हामीलाई विश्वास लाग्दैन तर यो कुरा सत्य हो । आज भन्दा ९१० वर्ष पहिला चन्द्रमा आकाशबाट अचानक गायब भएको थियो ।

त्यो पनि केहि समयका लागि मात्रै होइन, महिनासम्म नै गायब भयो । उक्त रहस्य अहिले आएर वैज्ञानिकहरुले बताएका पत्ता लगाएका दाबी गरेका छन् । यसको लागि वैज्ञानिकहरु लामो समय यता खोजी गरिरहेका थिए । यसको पछाडीको रहस्य अन्य केहि नभएर स्वयं पृथ्वी भएको वैज्ञानिकहरुको दाबी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

शताब्दीसम्म मिलेको थिएन रहस्य

वास्तवमा, ९१० वर्ष पहला चन्द्रमा आकाशबाट बेपत्ता भएको थियो । लगभग एक महिनासम्म मानिसहरुले चन्द्रमा देख्न पाएका थिएनन् ।

यसको पछाडीको रहस्य वैज्ञानिकहरुका लागि पनि रहस्य नै बनेको थियो । यस विषयमा धेरै रिसर्च भयो तर अहिलेसम्म यस बारेमा कुनै पनि रहस्य पत्ता लाग्न सकेको थिएन ।

स्विट्जरल्याण्डको जिनेभा युनिभर्सिटीका शोधकर्ताहरुले एक शोध गरेका छन् । यो शोध क्लाइमेट एण्ड सोसाइटल इम्प्याक्ट अफ अफोरगोटन क्लस्टर अफवाल्क्यानिक इरुप्शन्स इन ११०९ १११० सीई शीर्षकबाट नेचर जर्नलमा प्रकाशित भएको छ । यसै शोधमा भन्द्रमा गायब भएको रहस्य पनि साम्ने आएको छ ।

 

के थियो चन्द्रमा बेपत्ता हुनुको रहस्य ?

शोधकर्ताहरुका अनुसार ज्वालामुखीको ताप, सल्फर र चिसो मौसमको कारण चन्द्रमा बेपत्ता भएको शोधबाट पत्ता लागेको । रिसर्चमा वर्ष ११०८ को मध्यमा आइसल्याण्डको भयानक ज्वालामुखी विस्फोटमा भएको थियो । त्यसपछिलगातार सानासाना विस्फोट भईरह्यो । जसका कारण पृथ्वीको वायुमण्डलमा अचानक सल्फरको मात्रा तीव्र गतिले वृद्धि हुन थाल्यो । जाडोका कारण हावामा सल्फर घुम्न थाल्यो ।

जसका कारण सबैतिर अध्यारो हुन थालेको थियो । यसै कारणले चन्द्रमाको प्रकाश कालो देखियो । चन्द्रमा गायब भएको रहस्य पनि यहि नै भएको शोधबाट वैज्ञानिकहरुले पत्ता लगाएका छन् । वैज्ञानिकहरुले त्यो बेला ठाउँ ठाउँमा सल्फर बर्फमा जमेको पाएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिकृया