• ८ असोज २०८३, बिहीबार
  • ८ः१८ राती

फ्रान्सको निस सहरमा चक्कु आक्रमण हुदा तीन जनाको ज्यान गयो

प्रकाशित मिति

२०७७ कार्तिक १३ गते, बिहीबार ०५:५६

काठमाण्डौ, फ्रान्सको निस सहरमा भएको चक्कु आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको बताइएको छ । फ्रान्सेली प्रहरीका अनुसार आक्रमणमा कैयौँ व्यक्ति घाइते भएका छन् ।

National Life

यो आक्रमण फ्रान्सको चर्चित नोट्रे डाम चर्च नजिक भएको हो । प्रहरीका अनुसार ज्यान गुमाएकामध्ये एक महिलाको शिरछेदन गरिएको छ ।

फ्रान्सको राष्ट्रिय आतङ्क विरोधी टिमले यो विषयमा जाँच सुरु गरेको छ । निस भूमध्य सागरको तटमा रहेको दक्षिणी फ्रान्सको एक प्रमुख शहर हो । आक्रमणपछि फ्रान्सको संसदमा शोक व्यक्त गर्नको लागि एक मिनेटको मौनधारण गरिएको छ ।
एजेन्सी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया