• ८ असोज २०८३, बिहीबार
  • ७ः१८ बेलुका

निर्माण व्यवसायमा करिब ६५ अर्ब नोक्सानी

प्रकाशित मिति

२०७७ कार्तिक १३ गते, बिहीबार ०८:३९

काठमाडौं, कोरोना महामारीको बढ्दो प्रकोपले निर्माण व्यवसायमा गम्भीर असर परेको छ । चलिरहेका निर्माण आयोजना २०७६ चैत ११ बाट भएको बन्दाबन्दीले एकाएक प्रभावित भए । त्यसपछि निर्माण व्यवसायमा करिब ६५ अर्ब रुपियाँ बराबरको नोक्सानी बेहोर्नुपरेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

National Life

व्यवसायीहरू मङ्सिरपछि आयोजना सुचारु गर्ने तयारीमा रहे पनि बढिरहेको कोरोना प्रभाव कुन हदसम्म पुग्छ भन्ने अवस्थाले सुचारु हुने÷नहुने कुराको निर्धारण गर्ने महासङ्घले जनाएको छ ।

करिब सात महिना निर्माणका काम गर्न नपाउँदा व्यवसायी आर्थिक मारमा परेको महसङ्घले जनाएको छ । अर्कोतर्फ बन्दाबन्दीमा म्याद सकिएका आयोजनाको म्याद थपमा पनि समस्या भइरहेको महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, “चैत ११ देखि काम हुन पाएको छैन । यसबीचमा म्याद थप भएका छन् तर समस्या कहाँनिर भयो भने साउन ७ गते लकडाउन खुला भयो तर साउन ८ गते, १० गते म्याद सकिएका आयोजनाको म्याद थप गरिएको छैन, हामी पहल गरिरहेका छौँ”

बन्दाबन्दीको अवधिमा निर्माण कार्यलाई जारी राख्ने सरकारको निर्णयबमोजिम देशभरका निर्माण व्यवसायी निर्माण कार्यमा संलग्न भए तर कामदारको अभाव रहेकाले आयोजनाका काम बेलैमा सम्पन्न हुन सकेनन् ।

जोखिमै लिएरै निर्माण कार्यमा खटिए पनि सरकारी पक्षबाट निर्माण गरिएको आयोजनाको समेत भुक्तानी हुन नसक्दा व्यवसायी अझ मारमा परेको महासचिव दाहालको भनाइ रहेको छ ।
गोरखापत्र दैनिकबाट साभार

 

प्रतिकृया