• ९ असोज २०८३, शुक्रबार
  • १०ः४४ राती

तराईको सौर्य बिजुली राष्ट्रिय प्रसारण लाइनमा

प्रकाशित मिति

२०७७ कार्तिक १३ गते, बिहीबार ०९:१८

भैरहवा, मुलुकमा निर्माण भएका प्रायः सबै विद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । पहाडी क्षेत्रमा निर्मित आयोजनाले तराई क्षेत्रको विद्युत्को अधिकांश माग धानेको छ । मुलुकमा विद्युत् उत्पादन सुरु भएको लामो समयपछि तराइबाट उत्पादित बिजुली पहिलोपटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

National Life

निजी क्षेत्रबाट सञ्चालित ८।५ मेगावाटको मुलुककै पहिलो ग्रिड कनेक्टेड सोलार पावर आयोजना पूरा भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको यो आयोजना निजी क्षेत्रको पहिलो ठूलो आयोजना रहेको बताइएको छ ।

७० करोड रुपियाँको लगानीमा रिडी हाइड्रोपावर कम्पनीले रूपन्देहीमा निर्माण गरेको यो आयोजना भैरहवा नजिकै अमुवा सबस्टेसनमा जोडिएको छ । जलविद्युत्मा लगानी गरेको कम्पनीले पहिलोपटक सौर्य ऊर्जामा लगानी गरेको हो । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा बैङ्क अफ काठमाडौँको अगुवाइमा सिटिजन्स र नेपाल बङ्गलादेश बैङ्कले ४९ करोड लगानी गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

गत मङ्सिरमा सुरु गरिएको आयोजना वैशााखमा सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो तर बन्दाबन्दीका कारण आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा भएको समस्याले पाँच महिना ढिलो गरी सम्पन्न भएको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताए ।

आयोजनाअन्तर्गत ३३० वाट क्षमताका ३२ हजार सोलार पाता जडान गरिएका छन् । सोलार पाताबाट उत्पादन हुने डीसी ऊर्जालाई एसीमा कन्भर्ट गर्न ८५० किलोवाट क्षमताका १० वटा इन्भर्टर जडान गरिएको छ । इन्भर्टरबाट आएको विद्युत्लाई ८।५ एमबीएको ट्रान्सफर्मरले ३३ केभीमा कन्भर्ट गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रबन्धक यतु रावतले बताए।

अमुवा सबस्टेसनमा लैजानका लागि आयोजानाले आठ किलोमिटर ३३ केभीए प्रसारण लाइन विस्तारको काम गरेको थियो । यो प्लान्टले दैनिक करिब नौ घण्टा विद्युत् उत्पादन गर्नेछ । ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपियाँ ३० पैसाका दरले खरिद गर्नेगरी २५ वर्षका लागि खरिद सम्झौता ९पीपीए० गरिएको आयोजनाका कार्यकारी निर्देशक नेपालले बताउनुभयो । वार्षिक एक करोड ४५ लाख युनिट विद्युत् आपूर्तिको ग्यारेन्टीसहित प्राधिकरणसँग सम्झौता गरिएको छ । गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया