• ८ असोज २०८३, बिहीबार
  • ३ः२८ दिउँसो

४१ दशमलव २० अंकले बढ्यो नेप्से, पौने ३ अर्बको कारोबार

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ०३:४१

काठमाडौं, बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा ४१ दशमलव २० अंकको बृद्धि देखिएको छ। दसैं बिदापछिको पहिलो कारोबारमा परिसूचकसँगै कारोबार रकममा पनि उछाल देखिएको छ।

National Life

आज नेप्से परिसूचक २ दशमलव ५७ प्रतिशतले बढेर १ हजार ६ सय ४७ दशमलव ४५ अंकमा कायम भएको छ। १ सय ८८ वटा कम्पनीको ९३ लाख २२ हजार कित्ता ४२ हजार १ सय १८ पटक खरिद बिक्री हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसूचक पनि ९ दशमलव २१ अंकले बढेर ३ सय २७ दशमलव ७६ अंकमा पुगेको छ।

आज व्यापार समूहको उपसुचक ८ दशमलव ८३ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक उकालो लागेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसुचक १ सय १० दशमलव ६८ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह ५५ दशमलव १५, होटल समूह ३२ दशमलव ८५, विकास बैंक समूह ६० दशमलव ९७, जलविद्युत समूह ३ दशमलव ८६ र वित्त समूह १३ दशमलव ३८ अंकले बढेको छ। निर्जीवन बिमा, उत्पादन, लघुवित्त र अन्य समूहको उपसुचक क्रमशः ४७ दशमलव ०७, २० दशमलव ८८, २५ दशमवव १९ र १५ दममलव ५७ अंकले बढेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया