• १७:३३ २०८० चैत्र १६ गते
  • 5:33 pm

कांग्रेसमा निधि सभापतिको निर्विकल्प उम्मेद्धवार बन्ने प्रयासमा, क–कसलाई भेटे ?

प्रकाशित मिति

२०७७ कार्तिक ११ गते, मंगलवार ०२:५२

3 e1603789643492

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फाुगन ७ गतेदेखि फागुन १० गतेसम्म हुने भनिएको छ । तर, कोरोना महामारीको कारण कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा नहुने निश्चित् छ । सभापति शेरबहादुर देउवाले तोकिएको मितिमा महाधिवेशन गर्न नसकिने बताईसकेका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् । पौडेल समुहले महाधिवेशन समयमै गर्न नेतृत्वलाई सुझाव दिएको छ ।

१४औं महाधिवेशनमा सभापतिको उम्मेद्धवार बन्न कांग्रेसमा यतिवेला धेरै आकांक्षी छन् । सभापतिमा देउवा आँफै दोहोरिने तयारी गरिसकेका छन् । उता, वरिष्ठ नेता पौडेल समूहबाट पनि सभापतिको लागि आकांक्षीहरु धेरै छन् । यसपटक सभापतिको लागि देउवा क्याम्पबाट नै विमलेन्द्र निधि बन्ने तयारीका साथ सक्रिय भएका छन् । उनले सोहीअनुसार आफ्नो भेटघाट र सक्रियता बढाएका छन् । सभापतिको लागि महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाको पनि नाम चर्चामा छ । तर, पौडेल क्याम्पबाट जो उठेपनि सर्वसम्मतीमा उम्मेद्धवार बन्ने भनिएको छ ।

सिटौलाले पौडेललाई साथ नदिने, विमलेन्द्रको आफ्नै दाऊ

विमलेन्द्र निधिले शशांकलाई भेटेरै भने : ‘म सभापति लड्छु, मिलेर अघि बढौं’

देउवालाई भने यसपटक निधिले आफू नै सभापतिमा उठ्नेगरि तयारी गरेकोले तनाब भएको छ । निधिले पार्टीभित्र सर्वसम्मतीमा सभापति चयन गरिनुपर्ने बताउँदै आएका छन् । उनले यसको लागि सभापति देउवासँगपनि एक्लाएक्लै भेटवार्ता गरेका छन् । त्यसपछि उनले डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला र प्रदीप गिरीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । नेताहरुसँगको भेटमा निधिलाई सभापतिमा अघि सर्न सुझाव दिईएको र आफुहरुको साथ रहने विश्वास दिलाईएको कांग्रेस स्रोतको दाबी छ ।

प्रदीप गिरीको निवासमा निधिको दुई घण्टा, सभापतिमा सहयोग गर्ने गिरीको प्रतिबद्धता !

देउवा गुट छाडेर सभापतिको दौडमा विमलेन्द्र निधि

प्रतिकृया