• 5:15 am

रअ प्रमुखसँग भेटेर पनि किन लुकाए भेटवार्ता ?

प्रकाशित मिति

२०७७ कार्तिक ९ गते, आईतवार ०५:३९

politicians e1603626846827

काठमाडौं,भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलको एक दिने नेपाल बसाईको भ्रमणले यतिवेला नेपाली राजनीतिक तरंगित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेर फर्किएका भनिएका रअ प्रमुखले ओलीबाहेक अन्य ६ जना शीर्ष नेताहरुलाई पनि भेटेको खुलासा भएको छ ।

भारतनिकट स्रोतले जनाएअनुसार रअ प्रमुखले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुपुर्व नै नेपालका पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले भेटेका थिए ।

त्यसको अलावा कांग्रेस नेताहरु रामचन्द्र पौडेल र सशांक कोइरालाले पनि गोयलसँग भेटेका थिए । उता, जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुरले भेटे गरेको बताईएको छ । यी ६ जना नेताहरुले रअ प्रमुखसँग भेटेर पनि किन भेट भएको छैन् ? भनेर कुरा लुकाए ? भन्ने प्रश्न उब्जिएको छ । यी नेताहरुसँग कतिपय गोयल बसेको होटलमा पुगेका थिए भने कतिपय नेतालाई भेट्न गोयल आँफै उनीहरुको निवास पुगेका थिए ।

रअ प्रमुखले प्रधानमन्त्री ओली भेट्दा डा. बाबुराम भट्टराई किन मौन ?

गोयलले प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई लिएर नेकपाभित्रै आलोचना भैरहेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले समेत सार्वजनिक रुपमै उक्त भेटवार्ताको बारेमा आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयले भने उक्त भेटवार्ता शिष्टाचार भेटवार्ता भएको भन्दै प्रधानमन्त्रीसँग त्यस्तो भेटवार्ता माग्दा दिने अन्तर्राष्ट्रिय प्रचलन समेत रहेको दाबी गरेको छ ।

‘पहिला/पहिला नेपाली नेता लाईन लागेर ईण्डियामा धाउँथे, यसपटक भारतका रअ प्रमुखदेखि सेनाअध्यक्ष नेपाल आउँदैछन्’ : श्रेष्ठ

प्रतिकृया