• 8:39 pm

विश्वभर एकै दिन साँढे ४ लाख कोरोना संक्रमित थपिए ,कोरोना महामारी झन् भयावह

प्रकाशित मिति

२०७७ कार्तिक ६ गते, बिहीबार ११:१४

coronav e1618229143947

काठमाडौं,एकै दिन साँढे चार लाख कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड १४ लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ३६ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ४ करोड १४ लाख ८४ हजार पुगेको हो । हालसम्म तीन करोड ९ लाख संक्रमण मुक्त भएका छन् । ९४ लाख सक्रिय संक्रमित संख्या छ ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ८५ लाख संक्रमित भएका छन् । जसमध्ये २ लाख २७ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ७७ लाख संक्रमितमध्ये एक लाख १६ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५३ लाख संक्रमित संख्या मध्ये एक लाख ५५ हजारको मृत्यु भएको छ ।

प्रतिकृया