• ७ असोज २०८३, बुधबार
  • १ः०४ दिउँसो

जिल्ला प्रशासन कार्यलय रुपन्देहीमाप्रभु बैंक लि.को एक्स्टेन्सन काउण्टर सञ्चालन

प्रकाशित मिति

२०७७ कार्तिक ५ गते, बुधबार ०४:५७

काठमाण्डौ,प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका वडा नं ०५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देहीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट मिति २०७७ कार्तिक ५ गते देखि कारोबार सुरु भएको हो ।

National Life

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास रहेको जनाएका छन् ।

प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९४ वटा ब्त्ः,५५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जानकारि दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया