यस वर्षको बडा दशैंमा BOK Smart बाट डिजिटल दक्षिणामा रु.३०० सम्मको नगद उपहार
प्रकाशित मिति
२०७७ कार्तिक ५ गते, बुधबार ०४:२०
काठमाण्डौ,नेपालीहरुको आउदै गरेको महान चाड बडा दशंैको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।
बडा दशंैमा साधारणतया आफ्नो मान्यजनहरुबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन चल्दै आएको थियो । ब्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंक अफ काठमाण्डू लिमिटेडले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहक महानुभावहरुले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा रु. १००० वा सो भन्दा बढि भएमा रु. ३०० नगद उपहार लागि ग्राहक महानुभावहरु योग्य हुनुहुनेछ । जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाईरस संक्रमणको बाहक हुन नदिनको ग्राहक महानुभावहरुलाई दक्षिणा दिदा यस बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित हुन अनुरोध गरेको छ।
साथै, यस योजनामा सहभागी हुनको लागि ग्राहक महानुभावहरुले निम्न लिखित शर्तहरुको पालना गर्नुपर्ने छ ।
१. ग्राहक महानुभावहरुले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ ।
२. ग्राहक महानुभावहरुले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ती फरक फरक हुनुपर्नेछ ।
३. उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा रु. १,००० वा सो भन्दा बढी हुनुपर्नेछ ।
४. ग्राहक महानुभावहरुले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको ँयलभएबथ मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ ।
५. ग्राहक महानुभावहरुले दक्षिणा कारोबारको विबरणमा “म्ब्प्क्ज्क्ष्ल्ब्” राख्नु पर्नेछ ।
६. यो योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले नेपालीहरुको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने छ ।






प्रतिकृया