• ९ असोज २०८३, शुक्रबार
  • ८ः३३ बिहान

जापानका प्रधानमन्त्री भियतनाम र इन्डोनेसिया जाने

प्रकाशित मिति

२०७७ आश्विन ३० गते, शुक्रबार ०२:०६

जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जाने भएका छन् ।

National Life

उनको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिए ।

पहिलो बैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो बैदेशिक भ्रमण यिनै दुई देशमा गरेका थिए ।

जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उनले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आबेले झण्डै एक बर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रुपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिएका थिए ।-एएनआई/Photo: Agency

 

प्रतिकृया