• ८ असोज २०८३, बिहीबार
  • ८ः३७ राती

उत्तर कोरियाको पर्दाफाश गर्ने दाबी गरिएको फिल्म

प्रकाशित मिति

२०७७ आश्विन ३० गते, शुक्रबार ०१:५३

 

National Life

एजेन्सी,उत्तर कोरियाले अन्तरराष्ट्रिय प्रतिबन्धबाट बच्नका लागि के–कस्ता तरिका अपनाउँछन् त्यसबारे जानकारी दिँदै एउटा नयाँ डकुमेन्ट्री बनेको छ । यसमा उत्तर कोरियाली शासक किम जोङ उनको प्रशासनका अधिकारीसँग नक्कली रक्षा सम्झौता गरिएको कुरा पनि देखाइएको छ । डकुमेन्ट्रीका पात्र पनि कम अचम्मका छैनन् । एक पात्र डेनमार्कका एक बेरोजगार शेफ हुन् जो कम्युनिष्ट शासकतर्फबाट आकर्षित छन् ।दोस्रा व्यक्ति स्पेनका एक धनाढ्य हुन् र तेस्रो पात्र उत्तर कोरियाका एक प्रचारक हुन् जसलाई सेनाको पोशाक लगाउन शौख छ । यसबाहेक डकुमेन्ट्रीमा एक पात्र फ्रान्सका एक पूर्व सैनिक हुन् जो कोकीनको तस्करीमा दोषी पाइएका छन् । उनलाई फिल्ममा एक रहस्यमयी व्यक्तिको रुपमा हेरिएको छ ।

तर के यी सबै वास्तविक हुन सक्लान् ? संयुक्त राष्ट्रका एक पूर्व अधिकारीले बीबीसीसँगकोकुराकानीमा यो फिल्मलाई विश्वसनीय मान्छन् । ‘द मोल’ नामको यो फिल्म डेनमार्क मूलका फिल्म निर्माता मेड्स ब्रगरले बनाएका हुन् । उनले उत्तर कोरियाको अन्तरराष्ट्रिय कानूनको उल्लंघनको पर्दाफाश गर्नका लागि तीन वर्ष लामो र असाध्यै जटिल स्टिङ अपरेशन गरेको दाबी गरेका छन् । बेरोजगार शेफ अलरिच लार्सन निर्माता मेड्स ब्रगरको मद्दतले स्पेनबाट चल्ने उत्तर कोरियाको समर्थक समूह कोरियन फ्रेन्डशिप एसोसिएशन अर्थात् केएफएसँग जोडिन्छन् । लार्सनले यो समूहमा आफ्नो कद बढाए र अन्त्यमा उत्तर कोरियाका अधिकारीको विश्वास हासिल गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

केएफएको सदस्यताले लार्सनलाई यो समूहका संस्थापक र अध्यक्ष एलेखान्द्रो चाओ डे बेनोस नजिक ल्यायो । उनी स्पेनका एक धनाढ्य हुन् र संसारभरी उनलाई ‘उत्तर कोरियाका चौकीदार’ मानिएका छन् । यो फिल्मका थुप्रै दृश्यमा बेनोस उत्तर कोरियाको सेनाका पोशाक लगाएको देखिन्छन् । डकुमेन्ट्रीमा उनी थुप्रै पटक उत्तर कोरियाली प्रशासनमा आफ्नो पकड र पहुँचबारे पनि घमण्ड देखाएको देखिएका छन् । यो फिल्मका एक पात्र पूर्व फ्रान्सेली सैनिक र कोकिनको तस्करीमा दोषी पाइएका लातार्शो क्वारट्रप हुन् जसले एक अन्तरराष्ट्रिय आर्म्स डिलरको भूमिका निभाएका छन् ।

१० वर्षमा बनेको हो यो फिल्म ?

मेड्स ब्रगरले आफूले यो फिल्ममा १० वर्ष खर्च गरेको दाबी गरेका छन् ।

अब बीबीसी र स्क्याडिनेवियाली देशका थुप्रै प्रसारक पनि साझा रुपमा यो फिल्मका सह–निर्माता बनेका छन् ।

ब्रगर स्वयं यो फिल्मबारे भन्छन्, ‘यो फिल्म रोचक छ, कतिपय ठाउँमा विश्वासिलो पनि छैन । म यस्तो फिल्म निर्माता हुँ जसले सनसनी पैदा गर्छन् ।’

तर सन् २०१४–२०१९ बीच उत्तर कोरियामा संयुक्त राष्ट्रका विशेषज्ञको प्यानलमा समावेश भएका ह्यू ग्रिफिथ्स यो फिल्मलाई निकै विश्वासिलो मान्छन् ।

ग्रिफिथ्स भन्छन्, ‘यो अध्यक्ष कि जोङ उनमाथि गरिएको अहिलेसम्मको सबैभन्दा भद्दा मजाक हो । यो फिल्म शौखका लागि बनाइएता पनि यसको अर्थ यो होइन कि यसमा विदेशी मुद्रा हासिल गर्ने नियत देखिएको छैन ।’

उनी भन्छन्, ‘फिल्ममा यस्ता थुप्रै कुरााहरु छन् जुन हामीलाई पहिले नै थाहा छ ।’

यो डकुमेन्ट्रीको धेरैजसो हिस्सा गोप्य क्यामराले खिचिएका बताइएको छ ।

प्रतिकृया