• १० असोज २०८३, शनिबार
  • १ः५८ राती

बाल अधिकार क्षेत्रमा कार्यरत संघ,संस्थाहरुलाई एकीकृत कार्यक्रम बनाएर अघि बढन आह्वान नागरिक मन्त्री गुरुङ

प्रकाशित मिति

२०७७ आश्विन २८ गते, बुधबार ०३:५०

काठमाण्डौ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बाल अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई एकीकृत कार्यक्रम बनाएर अघि बढन आह्वान गर्नु भएको छ ।

National Life

मन्त्री गुरुङले बाल अधिकारको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संघ, संस्थाहरुले एकीकृत नीति, कार्यक्रम र बजेटका साथ काम नगरे बाल अधिकार सुनिश्चित गराउने अभियान प्रभावकारी हुन नसक्ने स्पष्ट पारेका छन् ।

‘एकीकृत नीति, कार्यक्रम र बजेटका साथ काम नगरे बाल अधिकार सुनिश्चित् गर्ने राष्ट्रिय अभियान अधुरो रहनेछ,’ बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम–नेपाल)ले बुधबार आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले ‘बाल अधिकार सुनिश्चित् गराउने कार्यक्रमलाई प्रभावकारी बनाउन पनि एकीकृत कार्यक्रम बनाएर अघि बढन म सम्बद्ध सरकारी तथा गैरसरकारी संघ, संस्थाहरुलाई आह्वान गर्दछु उनले भने । उनले बालबालिकासँग केन्द्रित कार्यक्रमलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्तर मन्त्रालयसँगको सहकार्यमा जोड दिएको समेत बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री गुरुङले ‘बालमंैत्री नेपाल’ निर्माण हुनेगरी बालबालिका सम्बन्धि १० वर्षे रणनीतिक योजना बनाउने कामलाई तीब्रता दिइएको पनि स्मरण गराए । राष्ट्रिय बाल अधिकार परिषदको नेतृत्वमा बाल अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थालाई एउटै कार्यक्रमका साथ अघि बढाएर बाल अधिकार सुनिश्चित गराउने अभियानलाई सार्थक बनाउन लागिपर्ने मन्त्री गुरुङको भनाई थियो ।

उहाँले बालबालिकाहरु सृजना र सम्भावनाका खानी भएकाले उनीहरुको हितका लागि सम्बन्धित सबै पक्षले अग्रसरता लिनुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् ।

कार्यक्रममा बाल अधिकारकर्मी तारक धिताललगायतले बालबालिकाको हितका लागि उनीहरुको अर्थपूर्ण सहभागितामा मात्रै नीति र कार्यक्रम बनाई कार्यान्वयनमा लैजानुपर्नेमा उनको भनाइ थियो ।

प्रतिकृया