• १० असोज २०८३, शनिबार
  • १ः१४ राती

मिसेस नेपालका लागि आवेदन खुल्यो

प्रकाशित मिति

२०७७ आश्विन २८ गते, बुधबार ०३:४१

काठमाडौं, ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै आयोजक इप्लानेट प्रालिले प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको हो । बिवाहित महिलाहरुको सौन्दर्य निखार्दै उनीहरुको व्यक्तित्व विकाश गर्ने उद्देश्य रहेको ग्रिन आर्ट्स नेपालको संयोजनमा आयोजना हुँदै आएको प्रतियोगितामा यो वर्ष कोभिड १९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

National Life

प्रतियोगिताका लागि आवेदन दिने मध्य पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स–२०१९’ अनिला श्रेष्ठलगायत विभिन्न वरिष्ठ ब्यक्तिहरुबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेर बीचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यता बाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागीता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए

प्रतियोगिताको विजेताले विभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा, मिना घिमिरेले गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया