• २९ भदौ २०८३, सोमबार
  • ५ः०९ बेलुका

अडिटरले मुक्तिनाथ विकास बैंकबाट बिना धितो ऋण पाउने, यस्तो छ सम्झौता

प्रकाशित मिति

२०७७ आश्विन २६ गते, सोमबार ०४:३०

अडिटरले मुक्तिनाथ विकास बैंकबाट बिना धितो ऋण पाउने, यस्तो छ सम्झौता

National Life

काठमाडौं,मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने सम्झौता गरेको छ । नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्ने गरी बैंकले सो सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्झौताले लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ ।

अडानले लेखा व्यवसायसँग सम्बन्धित लेखापरीक्षक एवमं लेखा व्यवसायीहरुको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्लाकार्य समिति र एक केन्द्रिय कार्य समिति रहेका छन् ।

बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानद गर्दै आईरहेको छ ।

प्रतिकृया