• 10:08 am

कोरोना संक्रमित एसपीलाई स्वासप्रश्वासमा समस्या, उपचारका लागि काठमाण्डु ल्याइयो

प्रकाशित मिति

October 11, 2020

काठमाण्डु, कोरोना भाइरसबाट संक्रमित जिल्ला प्रहारी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी अनुपम राणालाई थप उपचारका लागि काठमाण्डु ल्याइएको छ ।

कोरोना संक्रमित एसपी राणा धनगढीमा उपचाररत थिए । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि एम्बुलेन्समार्फत काठमाण्डु ल्याइएको हो । उनलाई केही दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया