• 4:30 pm

साताको पहिलो दिन नेप्से १४.३३ अंकले बढ्यो

प्रकाशित मिति

२०८१ बैशाख १६ गते, आईतवार ०४:०८

वैशाख १६, २०८१ काठमाडौँ: धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १४.३३ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार साताको पहिलो कारोबार दिन आइतबार नेप्से ०.७२ प्रतिशत बढेर १९८०.२७ विन्दुमा बन्द भएको हो ।

आइतबार फाइनान्स समूहअन्तर्गतका कम्पनीमा लगानीकर्ता झुमिएका छन् । नेप्सेका अनुसार यो समूहको परिसूचक ३.९८ प्रतिशतले बढेको छ । यो समूहअन्तर्गतका १४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । यही समूहको गोर्खाज फाइनान्सको सेयर मूल्य भने पाँच रुपैयाँ घटेको छ ।

आइतबार कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक ०.३४ प्रतिशतले घटेको छ । बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ ।

आइतबार दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । पोखरा फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट, बोस्ट फाइनान्सको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । प्रतिशतको आधारमा फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ ।

पोखरा फाइनान्सको १३ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भएको छ भने मल्टिपर्पस फाइनान्सको १० करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिकृया