• १७:२१ २०८० चैत्र १६ गते
  • 5:21 pm

अमिताभ अभिनयमात्रै होइन लुक्स बदल्न पनि माहिर छन्

प्रकाशित मिति

२०७७ आश्विन २५ गते, आईतवार ०१:०६

amitav f64QWJF1uq

एजेन्सी, बलिउड सुपरस्टार अमिताभ बच्चन आज ७८ औं जन्मदिन मनाइरहेका छ । उनी पछिल्ला केही वर्षदेखि युवा अभिनेता र समर्थकहरुका लागि समेत प्रेरणाको स्रोत बनेका छन् । अमिताभ केवल उत्कृष्ट अभिनयमात्रै होइन पात्रअनुसार आफ्नो लुक्स बदल्नसक्ने खुबीका कारण पनि चर्चामा रहन्छन् ।

फिल्म पा मा अमिताभको लुक्सले फ्यानहरुलाई छक्क पारेको थियो । यसमा उनले प्रोग्रेरिया नामक दुर्लभ रोगसँग जुधिरहेका १२ वर्षका एक बच्चाको भूमिका निर्वाह गरेका थिए । यस फिल्ममा अमिताभका छोरा अभिषेक भने उनको बाबुको भूमिकामा थिए । फिल्म झुम बराबर झुममा अमिताभको निकै छोटो रोल थियो, तर उनको हिप्पी अन्दाज फ्यानहरुबीच निकै लोकप्रिय भयो । फिल्म शहंशाहमा अमिताभ बच्चको लुक्स र उनको पहिरनलाई लिएर पनि धेरै चर्चा भयो, यस फिल्ममा उनी न्याय दिने एक व्यक्तिका रुपमा देखिएका थिए, जो रातमा आफ्नो हुलिया बदलेर बाहिर निस्कन्छ ।

फिल्म १ सय २ नटआउटमा अमिताभले १ सय २ वर्षका व्यक्तिको भूमिका निभाएका थिए । यस कमेडी फिल्म पनि समर्थकहरुमाझ निकै चर्चित बनेको थियो । गुलाबो सिताबो, बुम, हलिउड फिल्म द ग्रेट ग्याट्सबीलगायत फिल्ममा पनि अभिताभको लुक्स फरक थियो । सुपरहिट फिल्म लावारिसको ‘मेरे अंगने में’ गीतमा उनी एक महिलाको भूमिकामा देखिएका थिए । ११ अक्टुबर १९४२ मा जन्मिएका अमिताभ बच्चनले १९६९ मा रिलिज भएको ‘सात हिन्दुस्तानी’ मार्फत बलिउडमा डेब्यु गरेका थिए ।

प्रतिकृया